रामेछापमा सञ्चालित यातायातकोे भाडा निर्धारणका गर्न समिति



२४ भदौ, रामेछाप ।
रामेछाप जिल्लाका कच्ची सडकहरुमा सञ्चालन हुने यातायातको भाडादर निर्धारण गर्नका लागि सडकको क्षमताको स्थलगत अध्ययन गर्न समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितलाई जिल्लाभरका सडकहरुको अध्ययन तथा अनुसन्धान रिपोर्ट बुझाउनु एक हप्ताको समय दिईएको हो ।

cdo-office-ramechhap

बैठकले जिल्ला विकास समिति,जिल्ला प्रहरी कार्यालय ,सडक डिभिजन कार्यालय ,जिल्ला ट्राफिक कार्यालय,यातायात व्यवसायी ,यातायात मजदुर ,उपभोक्त मञ्च,पत्रकार महासंघ र जिल्ला प्राविधिक कार्यालय सदस्य रहेका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचनद्र अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्था समितिको बैठकले मन्थलीबाट काठमाडौसम्म चल्ने सबै प्रकारका सवारी साधनहरुले साउन २१ गते यातायात व्यवस्था विभागले तोकेको भाडादर कडाईका साथ लागु गर्ने निर्णय पनि गरेको छ ।

यसभन्दा अगाडि रुटपरमिटको समस्या रहेपनि अहिले रामेछापका ३५ सडकमा रुटपरमिट दिने निर्णय यातायात व्यवस्था समिले गरिसकेकाले रुटपरमिट नलिएका यातायातहरुलाई रुटपरटि लिन पनि बैठकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्