तरुण दलको केन्द्रीय सदस्यमा खड्काको उम्मेदवारी



२६ कार्तिक,काठमाडौं ।
नेपाली कांग्रेस निकट भातृसंगठन तरुण दलको चौथौ महाअधिवेशनको लागि केन्द्रीय सदस्यमा शंकर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । उनले संगठनलाई सदृढ बढाउन गुटबन्दीको अन्त्य गर्न उम्मेदवारी घोषणा गरेको बताएका हुन् । तरुण दल अमेरिका शाखाबाट तरुण दल महाअधिवेशन प्रतिनिधि रहेका खड्काले केन्द्रीय सदस्यमा आफ्नो जित सुनिश्चि रहेको बताए ।sankhar-khadka
२०४८ सालबाट नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीति सुरु गरेका खड्का चितवनमा सम्पन्न तरुण दलको तेस्रो महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएकाथिए । २०६२,०६३ सालको जनआन्दोलनमा बागबजारबाट प्रहरीले पक्राउ गरी खडकालाई सात दिन जेलमा राखेको थियो । उनले जनआन्दोलनको क्रममा पटक–पटक पक्राउ गरेका थिए । खड्काले तत्कालिन सभापति महेन्द्र यादव तरुण दलको सभापति हुँदा प्रवासमा रहेका नेपालीहरुलाई पनि संगठित गर्ने विधानमा व्यवस्था गराउन भूमिका खेलेका थिए । तेस्रो महाधिवेशनमा विधानमा व्यवस्था भए अनुसार अहिले विभिन्न देशमा छरिएर रहेका युवाहहरुले पनि महाधिवेशनमा पहिलो पटक सहभागी हुन लागेको उनले बताए ।
खडकाले भने,‘विदेशमा रहेपनि नेपाल र नेपालीहरुकै लागि हामी काम गरिरहेका छौ ।’ युवाहरुलाई राजनीतिसँगै आत्मनिर्भर बनाउने बाटोमा अगाडि बढउन भूमिका खेल्दै बताउदै खड्काले सामाजिक काममा युवाहरुलाई परिचालन गर्नुपर्ने बताए । तरुण दल सिंगो युवाहरुले विश्वसास गर्ने संगठन बनाउनु पर्ने बताउदै उनले आफ्नो उम्मेद्धवारी पार्टीभित्र र भातृसंगठनभित्र देखिएको गुटवन्दी अन्त्य गर्नको लागि भएको बताए ।shankar-khadka-bethan-1-jpg-2
उनले संगठनलाई जीवन्त तुल्याउनको लागि आफूले विगत लामो समयदेखि काम गरिरहेको बताउँदै आफूलाई विजयी गराउन सबैसँग आग्रह गरेका छन् । पार्टी सभपाति शेरबहादुर देउवा निकट रहेका खडकाले आफ्नो उम्मेद्धवारी संगठन बलियो बनाउने र आन्तरिक एकता मजबुत पार्ने दावी गरे ।
रामेछाप जिल्ला बेथान गाविस–३ मा जन्मिएका खड्का सानैदेखि राजनीतिकसँगै समाजसेवामा पनि सक्रिय रहदै आएका छन् । खडकाकै पहलमा रामेछापको बेथानस्थति सहिद सुनापति बहुमुखी क्याम्पस स्थापना गर्नको लागि पनि भूमिका खलेका थिए । खडका सहिद बहमुखी क्याम्पसको संस्थापन अध्यक्ष समेत हुन् ।
खड्काले अमेरिकामा रहेपनि रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट दार्चुला लगायतका जिल्लाको सामाजिक काममा सहयोग गर्दै आएका छन् । रामेछापमा निर्माण हुन लागेको नेपाली कांग्रेस रामेछाप पार्टी कार्यालको विपी स्मृति भवन निर्माणको लागि गठित आर्थिक समितिका सचिव समेत हुन् । भवन निर्माणको लागि १ करोड लाग्ने अनुमान गरिएको छ । भवन निर्माणको लागि खडकाले अमेरिकामा आर्थिक सहयोग जुटाउने काममा लागिरहेको बताए ।tarundal
उनले भने,‘विदेशमा बसेपनि माया नेपालकै हुन्छ, जहाँ रहेपनि नेपालको हितमा काम गर्नुपर्छ ।’ खडकाले रामेछापको खनियापानी गाविसमा रहेको जलदेवी माविलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । ‘तरुण दल पार्टीको शसक्त युवा संगठन हो, संगठनलाई सुदृढ बनाउने काम युवाको काँधमा छ’, खडकाले भने,‘संगठन सिस्टमले चलाउनु पर्छ, व्यक्तिले होइन ।’ युवाहरुको पक्षमा काम गर्ने बताउदै उनले अब सबै युवाहरु उत्पादनमा जोडिनु पर्ने बताए । कार्तिक २७ देखि २९ गतेसम्म पोखरमा हुने तरुण दलको महाअधिवेशनमा देश विदेशका गरी करिब पन्ध्र सय प्रतिधिनिहरुको सभागीता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्