लोडसेडिङ हटाउने कुलमान घिसिङलाई कार्यालय प्रेवशमा रोक



२६ कातिक,काठमाडौं ।
विगत लामो समयदेखि लोडसेडिङको मार खेप्दै आएका उपत्यकाबासी अहिले निकै खुसी छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ आएको एक महिनामै काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गरेरका छन् । घिसिङको सर्वत्र चर्चा छ । सबैले उनलाई स्यावासी दिइरहेका छन् ।

उनले एक बर्षभित्र नेपाललाई नै लोडसेडिङमुक्त गर्ने योजना अगाडि सारिरहेका छन् । तर सबै नेपालीको मन जित्ने निर्णय गरेर लोकप्रिय भएका घिसिङलाई भने कर्मचारी टे«ड युनियनहरुले कार्यलय प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् । लोडसेडिङ हटाएर जनतालाई राहत दिएका घिसिङको विरुद्ध प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

विज्ञप्तीमा संघका तर्फबाट सहअध्यक्ष प्रमिला ढुङ्गाना र युनियनका तर्फबाट बरिष्ट उपाध्यक्ष रामकुमार थेबेले हस्ताक्षर गरेका छन् । विद्युत प्राधिकरणका क्रियाकलापहरु विधिवत तवरमा अगाडि बढाउन बारम्बार व्यवस्थापनलाई ध्यानाकर्षण गराउँदा पनि त्यसको उल्लंघन गरिएकाले यस्तो चेतावनी दिन बाध्य भएको विज्ञप्तीमा उल्लेख छ ।kulman-ghising-png-1

एकपक्षीय समाचार प्रेषित गर्ने, कार्यालयमा अनावश्यक मानिसको जमघट गराई काममा बाधा र्पुयाउने र विभागीय कारबाही गर्ने धम्की दिँदै कर्मचारीहरुको मनोबल गिराउने कार्यमा लागेको घिसिङमाथि आरोप लगाइएको छ । लोकप्रिय निर्णय गरेर अगाडि बढेका घिसिङलाई प्राधिकरणका एमाले निकट कर्मचारीहरुले सुरुदेखि नै अवरोध गर्दै आएका छन् ।

पटक–पटक लिखित तथा मौखिक रुपमा समस्या समाधान गर्न आग्रह गर्दा पनि संस्थाका प्रमुख आफै गैह्रजिम्मेवार भएर टे«ड युनियनका अध्यक्ष तथा पदाधिकारीलाई उल्टै गिरफ्तार गराएको कर्मचारीहरुको अरोप छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले टे«ड युनियनले लगाएको आरोपमाथि सत्यता नभएको बताए ।

उनले काम र दक्षताको आधारमा जिम्मेवारी बाँडफाँड गरिएको बताउदै सानातिना अवरोधले आपूmले अगाडि सारेको लक्ष्यमाथि दायाँबायाँ नहुने बताए । घिसिङले भने,‘राम्रो काम गर्नेको विरोध हुन्छ, म माथि पनि अहिले त्यही भएको हो, एक बर्षभित्र देशलाई लोडसेडिङमुक्त बनाएरै छोडछु ।’

पढ्नुहोस् प्रेस विज्ञप्ति 

nea-press-relese-jpg-1
पढ्नुहोस् प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्