रामेछापमा हिमपात, भुकम्प पीडितको कन्तविजोग



१७ पुस,रामेछाप ।
रामेछाप जिल्लाका विभिन्न गाविसहरुमा हिमपात भएको छ । हिमपात हुँदा सबै भन्दा बढी सास्ती भुकम्प पीडितले पाएका छन् । जिल्लाको उत्तरी भेगमा भारी हिमपात हुँदा जनजिवन कष्टकर भएको छ । जिल्लाको तामेडाँडा, गुम्देल, देउराली, शेरदिङ, शैलुङ र आसपासका क्षेत्रमा हिमपात हुँदा जनजिवन प्रभावित भएको हो ।

हिमपातका कारण पुननिर्माणको काम समेत प्रभावित भएको छ । विगत डेढ बर्षदेखि अस्थायी टहरोमा बस्दै आएका भुकम्प पीडितहरुले ठूलो सास्ती झेल्नु परेको छ । हिमपातबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्