लोडसेडिङ समाप्त भएको कुलमान घिसिङको घोषणा



२२ चैत्र, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ समाप्त भएको घोषणा गरेका छन् । उनले वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घण्टा बिजुली दिने बताएका हुन् । बर्षा याम सुरु भएसँगै उद्योगहरुमा हुँदै आएको लोडसेडिङ अन्त्य बताएको बताउदै उनले भने,‘बर्षा याम मात्र होइन आगामी हिउँदमा समेत लोडसेडिङ हुन नदिने योजना बनाइएको छ ।’

आयातका लागि रक्सौल–परवानीपुर र कटैया–कुशाहा प्रशारण लाइन तयार भइ सकेको प्रमुख घिसिङले बताए । मंगलवार नेपाल विद्युत प प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले दुई पोइन्टबाट १०० मेगावाट हाराहारी बिजुली ल्याउन सकिने बताए । ढल्केबर सबस्टेसन समेत केही महिनामा निर्माण पुरा हुने र त्यसपछि २२० केभिएमा चार्ज हुने उनले बताए ।
त्यस बाहेक स्वदेशी आयोजनाबाट समेत २०० मेगावाट हाराहारी बिजुली थप हुने बताउदै उनले निजी क्षेत्रबाट निर्माणाधिन आयोजनाबाट उक्त परिमाणको बिजुली थपिन लागेको बताए । त्यसमध्ये ३० मेगावाट बढी बिजुली चालु आर्थिक बर्षमानै राष्ट्रिय प्रशारण लाइनमा जोडिने उनले बताए।
यसपाली समेत अहिलेसम्मको अवस्थामा प्राधिकरण सोचेभन्दा बढी सफल भएको बताउदै घिसिङले पुष, माघ, फागुन र चैतको सुख्या याम समेत सहज ढंगल पार भएकोमा खुसी व्यक्त गरे । प्राधिकरणले तिहार यता राजधानीमा लोडसेडिङ अन्त्य गरेको थियो। १० कक्षाको बोर्ड परिक्षाको अवसर पारेर देशभरबाट लोडसेडिङ हटाउने ट्रायल सफल भएपछि बिद्युत कटौतीको समस्या नदोहोरिने निश्कर्षमा प्राधिकरण पुगेको हो। अहिले उद्योगमा साँझ ४ घण्टा बाहेक देशको कुनै पनि भेगमा लोडसेडिङ नरहेको घिसिङले बताए।
अहिले मौसमको कारण बेला बेला बिजुली जाने गरे पनि आपूर्तिमा समस्या नरहेको उनले बताए। ‘चट्याङ लगायत कारणले ठाउँ ठाउँमा बिजुली जाने गरेको छ, बिजुली आपूर्तिको कारणले होइन, उनले भने । घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेको झण्डै सात महिनाको अवधिमा देशभर लोडसेडिङ हटाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्