गृह राज्यमन्त्री श्रेष्ठद्धारा गौतमश्री मार्टको उदघाटन



२५ भदौ, काठमाडौं ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गौतमश्री बिजनेश ग्रुपले संचालनमा ल्याएको गौतमश्री मार्टको उदघान गरेका छन् । मार्टको उदघान गृह राज्यमन्त्री श्रेष्ठ र पूर्वमन्त्री अग्नि सापकोटाले संयुक्त रुपमा गरेका थिए । र गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठले संयुक्तरुपमा गरेका थिए ।


दोस्रो आउटलेटको रुपमा शनिबारबाट संचालनमा आएको गौतम श्री मार्टमा गौतम श्री अर्गानिक एण्ड काउ फार्मबाट उत्पादित दुध, दही, पनिर र घिउ लगायत ग्रोसरी सामानको कारोबार गर्नेछ ।
मार्ट ओपनिङको अबसर पार्दै गौतम मार्टले सामान खरिद गर्दा ५ देखि २० प्रतिशत छुट पाउने जनाएको छ ।
काभ्रेको पात्लेखेतमा गाई फार्म संचालनबाट चर्चा बटुलेका राम बहादुर गौतमको एकल लगानीमा शनिबारबाट गौतम श्री मार्टको दोस्रो शाखा संचालनमा आएको हो । अर्गानिक तरकारी, मुस्ताङको स्याउ लगायतका फलफुल,आफ्नै फार्मबाट उत्पादित बिभिन्न तरकारी र शुद्ध दुध, घिउ, दहि र पनिरको को कारोबार शुरु गरेको छ ।
शुद्ध दुधका लागि यस स्थानमा संचालनमा आएको गौतमश्री डेरीबाट दुध तथा दुधजन्य बस्तुहरु खरिद गरि लावान्भित हुन गौतमश्री ग्रुपले ग्राहकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्