सिन्धुलीमा माओवादीले केन्द्रले सिफारिस गर्यो उम्मेदवार को–कहाँ ? सूचिसहित)



२४ असोज, सिन्धुली ।

नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठने सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । तीन वटा प्रनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट रुद्रबहादुर ठाडा, सानुपातिकतर्फबाट बलराम तिम्ल्सिना, निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा हरिबोल गजुरेल, समानुपातिक तर्फबाट निरु दर्लामी र गणेश बुढाथोकीको नाम सिफारिस भएको छ ।

तस्बीरः नविन कार्कीको फेसबुकबाट

त्यसैगरी प्रदेशसभाको लागि निर्वाचन क्षेत्र नम्बर १ बाट बिषमलाल अधिकारी, डम्बर कार्की र घनश्याम बस्नेत प्रत्यक्षतर्फ, दिल बहादुर बिक, मात्रिका भट्टराई र दिनेश अधिकारी दनुवार समानुपातिकतर्फबाट सिफारिस भएका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ मा डम्बर कुमारी गुरूङ, मुरारी भण्डारी, गम्भीर सिंह तामाङप्रत्यक्षतर्फ र खड्ग रजनमगर, सुष्पा भुजेल, धन बहादुर पुलामीसमानुपातिकतर्फबाट सिफारि भएका छन् । प्रदेश नम्बर ३ मा लेखबहादुर दाहाल (राजन) सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

कमल दाहाल, धुर्ब देबकोटा र राधा तिमल्सिना समानुपातिकतर्फबाट सिफारि भएका छन् । प्रदेश नम्बर ४ मा बुद्धिमान माझी, रामकुमार पौडेल र प्रकाश ऋेष्ठ प्रत्यक्षमा सिफारिस भएका छन् । त्यसैगरी शम्भु प्रसाद देवकोटा, ज्ञान बहादुर राई र काजिमान थिङ समानुपातिकतर्फ सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्