रामेछाप माओवादी केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको टिकटको लागि नौ नेताको चर्चा



२४ असोज, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्लाबाट उम्मेदवार छनोट गर्नको लागि बोलाएको सचिवालयको बैठकमा सहमति जुटन सकेन । रामेछापको मन्थलीमा बसेको सचिवालय बैठकमा सहमति जुटन नसकेपछि भोली जिल्ला पार्टीको कार्यालयको बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गर्ने भएको छ । उम्मेदवारहरुको बारेमा बैठकमा छलफल भयो, आज टुंगो लाग्न सकेन, भोली कार्यालयको बैठक बसेर केन्द्रले माग गरेको भन्दा पनि कम उम्मेदवार सिफारिस गरेर पठाउछौ’पार्टीका जिल्ला इन्चार्ज धावा लामाले रामेछाप न्युजसँग भने ।


वाम एकता भएसँगै रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रले टिकट पाउने मोटामोटी सहमति शीर्ष तहमा भएको छ । प्रतिनिधिसभाको टिकटको लागि गृह राज्यमन्त्री समेत रहेका नेता श्याम कुमार श्रेष्ठ र नेता युवराज चौलागाईले दावी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनको लागि अन्य नेताहरुको धेरै दावी नरहेको जिल्ला इन्चार्ज लामाले बताए । सकेसम्म सहमति निर्माण गरेर सर्वसम्मत उम्मेदवार सिफारिस गछौ’, उनले भने,‘आकांक्षीको बीचमा सहमति जुटन सकेन भने दुवै जनाको नाम केन्द्रमा सिफारिस हुन्छ ।’
त्यसैगरी रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ मा नाम्गेल शेर्पा सर्वम्मत हुने सम्भावना रहेको छ । १ नम्बर क्षेत्रबाट रविन्द्र पौडेल ‘गौरव’ र प्रेमकुमार कार्कीले दावी गरेका छन् । एक नेताका अनुसार रविन्द्रलाई समानुपातिकमा सिफारिस गरेर शेर्पालाई नै सर्वसम्त रुपमा सिफारिस हुने दावी गरे । एमाले र माओवादीबीच प्रतिनिधिसभा माओवादीले लिए क्षेत्र नम्बर १ को प्रदेशसभा एमालेलाई छोडनु पर्ने हुन्छ ।
त्यसैगरी प्रदेशसभा २ नम्बर निर्वाचन क्षेत्रमा नेता मैनकुमार मोक्तान, टंकलाल घिसिङ ‘टलक’, गणेश घिसिङ र सुनिता गौतमले दावी गरेका छन् । भोलीसम्म नेताहरुको बीचमा सर्वसम्मत गराउन कोशिस गर्ने इन्चार्ज लामाले जानकारी दिए । शीर्ष तहमा भएको सहमति अनुसार प्रदेश सभा २ नम्बर निर्वाचन क्षेत्रमा माओवादीले केन्द्रले नै टिकट पाउने सम्भावना रहेको छ ।

२०७० सालको संविधानसभा निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट श्यामकुमार श्रेष्ठले प्रत्यक्ष निर्वाचन जितेका थिए । माओवादीले २ नम्बर निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिकामा जित हासिल गरेको छ । मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकामा पनि वडा अध्यक्षमा सम्माजनक जित हासिल गरेको थियो ।
समानुपातिक तर्फ पनि धेरै नेताहरुले आकांक्षा देखाएका छन् । जिल्ला पार्टी कार्यालयको बैठकले आकांक्षीहरु मध्येबाट सानो संख्या मात्र केन्द्रमा नाम सिफारिस गर्ने तयारी गरेको बताइएको छ । समानुपातिक तर्फ एक दर्जन भन्दा बढीले दावी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्