चुचुरेमा कार्कीलाई २१ किलोको माला



२५ कात्तिक, रामेछाप ।
रामेछाप क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार रत्त कार्कीलाई २१ किलोको माला लगाइएको छ । कार्कीलाई गोकुलगंगा गाउँपालिकाका स्थानीय कार्यकर्ताहरुले २१ किलोको माला लगाएर सम्मान गरेका हुन् ।

गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा स्थानीयले २१ किलोको माला लगादिएका छन् । चुनावी अभियानको क्रममा उम्मेदवारहरुलाई माला लगाइदिने होड चलेको छ ।

प्रतिक्रिया दिनुहोस्