जितेकाहरू काम गर्न थालाैं हारेका हरू जनताकाे मन जित्न थालाैं



मंसीर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन सम्पन्न भएकाे छ । याे निर्वाचनकाे परिणामलाइ लिएर मूलुकभर धेरै किसिमका टिका टिप्पणीहरू भइरहेका छन् । याे निर्वाचनमा नेपाली काँग्रेस मूलकका धेरै ठाउँमा पराजित भएकाे छ । नेपाली काँग्रेसकाे लागी याे परिणाम अपेक्षित थियाे वा अनेपेक्षात त्याे भाेलीकाे दिनमा समिक्षाा हुनेनै छ । तर अहिले
सावर्जानिक स्थल वा सामाजिक संजालहरूमा जुन किसिमकाे गाली गलाैज टिप्पणिहरू भएका छन् त्यसले जनताहरूमा भ्रम छर्ने र एक अर्कामा सत्रुभाव बढाउने काम मात्र भएकाे छ ।
मूलकमा भएका सबै राजनीतिक परिवर्तनकाे नेतृत्व गर्ने, नेपालकाे संविधान निर्माण गरी मूलुकमा निवार्चन सम्पन्न गराउन सफल भएकाे नेपाली काँग्रेसकाे इतिहास र याेगदान कसैले पनि बिर्सिनु हुँदैन । सहमति, सहकार्य र एकताकाे पक्षमा वकालत गर्दै शान्ति प्रकृयालाइ निष्कर्षमा पुर्याउने नेपाली काँग्रेसकाे लक्ष सफल भएकाे छ ।

लेखबहादुर कार्की सचिव, नेपाली कांग्रेस रामेछाप

हामीले जीतलाइ भन्दा पनि जिम्मेवारीलाइ केन्द्रबिन्दु बनाएर काम गरेका छाैं । अरू धेरै कामहरू गर्न बाँकी छन् । काँग्रेसजनहरू याे निर्वाचनकाे परिणामबाट किन्चित पनि बिचलित हुनु जरूरी छैन । हामीले जनताहरूकाे माया र मत पाएका छाैं । परिणाममा सफलहुन सकेनाैं त्याे एउटा पाटाे छ तर जनमत कम छैन । नेपाली काँग्रेस हरायाे, बिलायाे, सकियाे भन्ने भ्रम कसैमा नरहाेस् हामीलाइ झन बढी जिम्मेवार, शसक्त र जाेेसीलाे भएर जनताकाे काम गर्ने समय मिलेकाे छ । 
नेतृत्वबाट गल्ती कमजाेरीहरू भएका छन् । नेतृत्वले सत्ता साझेदार दलकाे बिश्वास जित्न किन सकेन? सरकारमा रहँदा लाेकप्रियता कमाउन किन सकेन? समयकाे माग अनुसारका कार्यक्रमहरू ल्याउन किन सकेन? यी गल्तीहरू भएका हुन् । राज्यका अंगहरूमा अनावश्यक हस्तक्षेप गर्नुहुने थिएन । पार्टीका सबै तहहरू र निकायहरूमा अनावश्यक हस्तक्षेप र निष्कृयता बढेकाे छ । नेतापिच्छेका गुटहरू निर्माण गरी कार्यकर्ताहरूलाइ बिभाजित बनाइएकाे छ । याे परिणामले पार्टीलाइ एकता बनाइ अघी बढ्ने अवसर दिएकाे छ । चुनावमा पार्टीका उम्मेदवारहरूलाइ हराउन भूमिका खेल्नेहरूमाथी निर्दयी भएर कार्बाही गर्नु जरूरी छ ।

अब पुरानाे काँग्रेस हैन नयाँ र शसक्त काँग्रेस निमार्ण गरी पार्टी संगठनलाइ मजबुद बनाउनु जरूरि छ । अब बदला लिएर हैन बदलिएर अगाडी बढ्न सके फेरी नेपाली काँग्रेस जित्ने छ, देशले जित्ने छ । अब हारेकाे झाेकमा जितेकाहरूलाइ गाली गर्ने र जितेकाे उन्मादमा हारेकाहरूलाइ कमजाेर ठानी गाली गलाैज गर्नेकाम सबैबाट छाेडाैं जितेकाहरू काम गर्न थालाैं हारेका हरू जनताकाे मन जित्न थालाैं यसमा नै सबैकाे भलाे छ ।
अन्तमा नेपाली काँग्रेसलाइ माया र विश्वास गरी मत प्रदान गर्नहुने तपाइँ सम्पूर्ण अादरणीय मतदाताज्यूहरूलाइ हार्दिक धन्यवाद प्रदान गर्दछु ।
जय नेपाल ।

प्रतिक्रिया दिनुहोस्