अब २० बर्ष पुगेका थोत्रा गाडी चल्न नपाउने



१९ माघ, काठमाडौं । बढ्दो सवरी दुर्घटना र प्रदुषण गराउने वीस बर्ष पुराना गाडी चलाउन अब सरकारले रोक लगाउने भएको छ । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको हो । पुराना गाडीको कारण काठमाडौ उपत्यकामा अत्याधिक प्रदुषण हुने गरेको छ ।


यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो ।

विभागका महानिर्देशक रुपनारायण भट्टराई विसं २०७३ फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताउछन ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाइएको छ । हाल देशभर २० वर्ष पुराना पाँच हजार ५०० सवारी साधन सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्