अर्थमन्त्री ढुंगेललाई गृह जिल्ला रामेछापमा भव्य स्वागत (फोटोफिचर)



१९ फागुन, रामेछाप ।
प्रदेश ३ का अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेललाई गृह जिल्ला रामेछापमा भव्य रुपमा स्वागत गरिएको छ । अर्थमन्त्री भएर पहिलो पटक जिल्लाको सदरमुकाम मन्थली आएका ढुंगेललाई रामेछापवासीले भव्य रुपमा स्वागत गरेका हुन् ।

रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित ढुंगेल प्रदेश नम्बर ३ को अर्थमन्त्री भएपछि रामेछापवासी विकास निर्माण हुने अपेक्षा गरेका छन् ।
आज मन्थलीमा अर्थमन्त्री ढुंगलाई सुरुमा जिल्लास्थित एमालेको पार्टी कार्यालय स्वागत गरिएको थियो ।

पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले ढुंगेललाई स्वागत गर्दै सफल कार्यकालयको शुभकामना दिएका थिए । । लगत्तै अर्थमन्त्रीको स्वागतमा जिल्ला समन्वय समितिका कार्यालय रामेछापले आयोजना गरेको कार्यक्रममा सहभागी भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री ढुंगेलले ३ नम्बर प्रदेशसँग गृह जिल्ला रामेछापलाई उच्च प्राथमिकतामा राखेर विकास निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘विकास निर्माणमा पछाडि परेको रामेछापलाई अब समृद्ध बनाउने अभियानमा लाग्छौ ।’

 

प्रतिक्रिया दिनुहोस्