कुशेश्वर यातायात सेवा प्रालिले अपाङ र जेष्ठ नागरिकलाई निशुल्क सेवा दिने



२२ वैशाख, रामेछाप ।
कुशेश्वर यातायात सेवा प्रालिले अपाङा र ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई निशुल्क सेवा दिने भएको छ । सेवा सञ्चालन गरेको रुटमा पूर्ण रुपमा अपाङगता भएका र जेष्ठ नागरिकहकरुलाई निशुल्क सेवा दिने निर्णय गरेको हो । कुशेश्वर यातायात सेवा प्रालिका अध्यक्ष राजकुमार मैनालीले व्यवसायसँगै यात्रुलाई सेवा दिने उदेश्यले अपाङ र जेष्ठ नागरिकहरुलाई निशुल्क सेवा दिने निर्णय गरेको रामेछाप न्युजलाई बताए ।


कुशेश्वर प्रालि अन्तर्गत हाल रामेछाप, दोलखा, सिन्धुली, सोलुखुम्बु, ओखलढुगा लगायतको जिल्लाहरुमा २५ वटा माइक्रो बस सञ्चालन हुँदै आएको छ । तीन महिना अघि सेवा सुरु गरेको प्रालिले यातायात समितिहरुले सिन्डिकेट लगाउदा पनि सेवा दिएको थियो । रामेछाप जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा केन्द्रीय कार्यालय रहेको प्रालिको शाखा कार्यालय काठमाडौंको काटेश्वरमा रहेको छ ।


वीस वटा भन्दा बढी माइक्रो बस थप्न लागेको प्रालिले यात्रुहरुलाई सहज रुपमा सेवा सुविधा दिने उदेश्यको साथ काम गरिरहेको कुशेश्वर यातायात सेवा प्रालिका सचिव शकंर तामाङले रामेछाप न्युजलाई बताए ।

प्रालिले आगामी दिनमा रामेछापका २ नगरपालिका र ६ गाउँपालिकामा नै आफ्नो सेवा विस्तार गर्ने उदेश्य राखेको छ । रामेछाप जिल्लामा सञ्चालित सार्वजनिक यातायात अन्तर्गत अपाङ र जेष्ठ नागरिकहकरुलाई निशुल्क बस चढाउने कुशेश्वर यातायात सेवा प्रालि पहिलो कम्पनी हो । प्रालिले आफ्ना काउन्टर, चालक सहचालकहरुलाई अपाङग र जेष्ठ नागरिकहरुलाई निशुल्क रुपमा सेवा दिन निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्