चीनबाट रेल आउदैन, ओलीको ‘सपना’ मात्र होःसभापति देउवा



२३ असार, रामेछाप ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले चीनबाट रेल आउने गफै मात्र भएको बताएका छन् । उनले चीनबाट नेपालमा रेल ल्याउने विषय सपना मात्र भएको बताउदै प्रधानमन्त्री ओलीले गफ धेरै बाँडेको बताएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेको सभापति देउवाले सम्बन्ध सुधारको नाममा भारत र चीनसँग प्रधानमन्त्री ओली लम्पसार परेको आरोप लगाए । उनले आफ्ना सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको बताए ।
शनिवार प्रेस युनियन, रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले आफ्नो सरकारले गरेका नियुक्ति खारेज गर्ने ओली सरकारको कदम कुनै हातलमा स्वीकार नगर्ने बताए ।
उनले अनशनरत डा. गोविन्द केसीको सत्याग्रहमा सरकारले अवरोध पुर्याएको आरोप लगाउदै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न समेत रोक लगाइनुले सरकार निरंकुशताको बाटोमा अग्रसर भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्