रामेछाप नगरपालिकाको नाम फेराै, पुष्पलाल नगरपालिका बनाऔः मन्त्री ढुंगेल



२३ असार, रामेछाप ।

प्रदेश नम्बर ३ का अर्थमन्त्री एंव रामेछाप क्षेत्र नम्बर २ का सांसद कैलाश ढुंगेलले रामेछाप नगरपालिकाको नाम परिवर्तन गरेर पुष्पलाल नगरपालिका बनाउनु पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता र शहीद गंगालालको जन्म थलो भएकाले गरपालिकाको नाम पुष्पलाल नगरपालिका बनाउनु पर्ने बताएका हुन् ।

रामेछापकाे नगरसभालाइ सम्बाेधन गदै अर्थमन्त्री ढुंगेलले पुष्पलाल र गंगालालको जन्मथलो भएकाले रामेछाप नगरपालिका भंगेरीमा अन्तराष्टि«य केन्द्र बनाइने बताए ।
भंगेरीमा पुष्पलाल अन्तराष्ट्रिय केन्द्र बनाएर स्वदेशी एवं विदेशी पर्यटकहरु भित्राएर रामेछाप जिल्लाले पर्यटन प्रर्बद्धन गराउने कार्यमा आफू लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्