दोलखा र सिन्धुली हेर्ने गरी रामेछापमा बस्ने भयो डिभिजन स्वास्थ्य कार्यालय



काठमाडौं ।
सरकारले ७७ वटै जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालार्य खारेज गरी प्रदेश सरकार मातहत ३३ वटा डिभिजन कार्यालय राख्ने भएको छ । स्वास्थ्य मन्त्रालयले ३५ वटै डिभिजन कार्यालय प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय अन्र्तगत रहने व्यवस्था गरेको हो ।

प्रस्तावित डिभिजन कार्यालयले तोकिएका जिल्लाबीच समन्वय गरी काम गर्ने गरी संरचना तयार गरिएको स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालयले तयार गरेको संरचना मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै १ असोजबाट जिल्ला संरचना नरहने भएको छ । सरकारले गत चैतमा नै जिल्ला संरचना खारेज गर्ने निर्णय गरेको थियो । चौरसीयाले नयाँ संरचना पास भएसँगै कर्मचारी पदस्थापन गरी असोजबाट नयाँ ढाँचामा काम अगाडि बढ्ने जानकारी दिए ।

नयाँ संरचना अनुसार रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको स्वास्थ्य कार्यालय नै डिभिजन कार्यालय रहने भएको छ । डिभिजन कार्यालयले सिन्धुली र दोलखा जिल्लाको समन्वय गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश शाहले तीन बर्ष अघि गरेको प्रस्तावलाई मन्त्रालयले स्वीकृत गरेको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘दुई वटा जिल्ला सिन्धुली र दोलखालाई समन्वय रामेछापले नै गर्न सक्छ भन्ने प्रस्ताव मैले नै गरेको हुँ ।’ कार्यालयको लागि भौतिक पूर्वाधार पर्याप्त भएको बताउदै बाँकी काम र अधिकारको बारेमा भने अहिले नै यकिन भइनसकेको बताए । डा. शाहका अनुसार २०७३ सालमा नै चितवनमा आयोजना गरिएको कार्यक्रममा आफूले गरेको प्रस्ताव अहिले आएर कार्यान्वय हुँदा खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्