रामेछापमा एक बर्षमा ५० जनाद्धारा आत्महत्या



२४ भदौ, रामेछाप । रामेछाप जिल्लामा आत्महत्या गर्नेको संख्या डरलाग्दो बन्दै गएको छ । एक बर्षको अवधिमा मात्र रामेछापमा पचास जनाले आत्महत्या गरेको छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पछिल्लो बर्षहरुमा आत्महत्या गर्ने क्रम बढेको छ । गरिबी पारिवारिक कलह नै आत्महत्याको मुख्य कारण मानिदै आएको छ ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले जिल्लाभित्र एक बर्षको अवधिमा पचास जनाले आत्महत्या गरेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भने,‘गरिबी पारिवारिक तनाबकै कारण आत्महत्या गरेको पाइन्छ ।’ उहाँका अनुसार झुण्डिएर २५ जना रहेका छन् । जसमा ९ जना पुरुष र १४ जना महिला र २ जना बालिकाले आत्महत्या रहेका छन् । त्यसैग्री विष सेवन गरी २३ जनाले आत्महत्या गरेका छन् । जस अनुसार पुरुष ९ जना महिला १२ जना र एक जना बालिका रहेका छन् । खोलामा हाम फालेर २ जनाले आत्महत्या गरेका जसमा एक महिला एक पुरुष रहेका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकार कृष्ण प्रसाद शर्माले गरिबीकै कारण आत्महत्याको बाटो रोज्ने गरेको बताउनुहुन्छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘आत्महत्या गर्ने क्रम बढनु निकै नकरात्मक पक्ष हो, आत्महत्याको घटना घटाउनको लागि सचेतनाको कार्यक्रम चलाउन जरुरी छ ।’ उहाँले जिल्लामा कार्यरत विभिन्न संघ संस्थाले आफ्नो कार्यक्रमसँगै आत्महत्या नगर्न प्रेरित गर्ने गरी कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्