विदेशमा अविभावक गुमाएका रामेछापका १५ बालबालिकाले पाए छात्रवृत्ति



रामचन्द्र वि.क.
२६ मंसिर, रामेछाप । रामेछाप जिल्लाबाट बैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएर ज्यान गुमाएका तथा पुर्ण रुपमा अशक्त भएका परिवारका बालबालिकाले छात्रवृत्ति पाएका छन् ।
जिल्लाबाट रोजगारीको लागि विभिन्न देशमा गएर अकालमै ज्यान गुमाएका वा पुर्ण रुपमा अशक्त भएका परिवाका १५ जना बालिबालिकालाई छात्रबृत्ति वितरण गरिएको जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई रामेछापले बताएको छ ।


कक्षा ८ सम्म पढ्ने विद्यार्थीले ८ हजार र कक्षा ९ देखिमाथि पढ्ने विद्यार्थीले १२ हजारका दरले छात्रवृत्ति पाएका हुन् ।

बैदेशिक रोजगार प्रबर्दन बोर्डले आर्थिक बर्ष २०७३ देखि प्रदान गर्दै आएकोे शैक्षिक छात्रवृत्ति रामेछापबाट आर्थिक बर्ष ०७४ साल मा १७ जना र यस आर्थिक ब्र्षमा १५ जना छात्रछात्राले पएका छन् ।
२०७४ श्रावण १६ गते देखि श्रम अवधि सकिएको एक वर्ष भित्रसम्म मृत्यु वा पुर्ण रुपमा अशक्त भएमा उनीहरुको परिवारका बालबालिकाले छात्रबृत्ति पाउने इकाई प्रमुख मुकुन्द केशरी पोखरेलले बताए ।
जिल्लामा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने वा पूर्ण रुपमा अशक्त हुने धेरै भए पनि उनीहरुका परिवारले शैक्षिक छात्रबृत्तिका बारेमा थाहा नपाउँदा छात्रबृत्ति पाउँनबाट धेरै बालबालिकाहरु बञ्चित भएको सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता जीतबहादुर घिसिङले बताए ।
छात्रबृत्ति पाउने बिद्यार्थीहरुलाई उक्त रकम दिलाउँनको लागि सूचना तथा परामर्श केन्द्रले आवश्यक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्