कुलमान घिसिङको पहलमा न्यु खिम्ती सवस्टेसनबाटै रामेछापको तीन सवस्टेसनमा विद्युत जोडिदै



१८ पुस, काठमाडौं ।
रामेछाप जिल्लामा अब झ्याप झ्याप विद्युत जाने मसस्या हल हुने भएको छ । लामो प्रशारण लाइनको कारण ट्रिपिङ हुने कारणले रामेछापको सदरमुकाम मन्थली सहित जिल्लाका विभिन्न क्षेत्रमा विद्युत जाने समस्या रहेको छ । रामेछापको सदरमुकाम मन्थलीको सवस्टेसनमा जोडिएको ३३ केभी प्रसारण लाइनबाट नै जिल्लाभर विद्युत सेवा प्रवाह हुँदै आएको छ । जसको कारण बारम्बार बिजुली जाने गर्छ ।

रामेछापवासीले विगत लामो समयदेखि खिम्ती जलविद्युत आयोजनाबाटै रामेछापको लागि ३३ केभी विद्युत प्रशारण लाइन जोडन माग गर्दै आएका थिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा देवीटारमा निर्माण भइरहेको न्यु खिम्ती सवस्टेसनबाटै रामेछापको सदरमुकाम मन्थलीमा रहेको सवस्टेसनमा विद्युत जोडिने भएको छ । कार्यकारी निर्देशक घिसिङले रामेछाप न्युजसँग भन्नुभयो,‘देवीटारको न्युज खिम्ती सबस्टेसन मार्फत दोरम्बा, बाम्ती भण्डार र मन्थली सवस्टेसनमा ३३ केभी प्रसारण लाइन जोडिएपछि अब रामेछापमा बत्ती जाने समस्या पूर्ण रुपमा हटछ ।’


प्राधिकरणले १३२/३३ केभी न्यु खिम्ती सब स्टेसनबाट दोरम्बा गाउँपालिकाको दोरम्बामा निर्माण भइरहेको सबस्टेसनमा विद्युत जोडने छ । त्यसैगरी बाम्ती भण्डारमा पनि देवीटारबाटै जडानु हुने भएको छ । देवीटारबाट मन्थली सवस्टेसनमा जडान हुने विद्युतबाटै साँघुटारमा निर्माणधिन सवस्टेसनमा ३३ केभी प्रसारण लाइन जोडिने छ । रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुममा निर्माणाधिन सवस्टेसनमा भने खुर्कोट मार्फत विद्युत प्रशारण लाइन जोडने भएको छ ।
सामोसाँघु र ढल्केवर, सिन्धुली हुँदै मन्थलीमा जडान भएको लाइनमा ट्रिपिङको कारण बारम्बार समस्या आइरहेको नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘न्यु खिम्ती सवस्टेसनबाटै मन्थली सबस्टेसनमा प्रशारण लाइन जोडिएपछि रामेछापमा विद्युत जाने समस्या पूर्ण रुपमा हटछ ।’ उहाँले लामो प्रशारण लाइन भएको कारण पटक–पटक बत्ती जाने समस्या रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्