रामेछापमा ट्याक्टर दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगियो



२२ चैत्र, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जना घाइते मध्ये एक जना गम्भीर घाइतेलाई गाउँपालिकाले हेलिकोप्टर चार्टड गरेर काठमाडौं पठाएको छ । दोलखाको जिरीबाट खाद्यन्न सामाग्री लिएर आएको टयाक्टर शनिवार उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उमाकुण्ड गाउँपालिका वडा नम्बर ६ गुप्तेश्वरका झपड नेपालीलाई गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाएको हो ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले रामेछाप न्युजसँग भन्नुभयो,‘घाइते पाँच जना मध्ये नेपालीको अवस्था गम्भीर भएकाले हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाएका छौ, चार जनालाई मन्थलीको तामाकोसी अस्पताल लगिएको छ ।’

प्रतिक्रिया दिनुहोस्