गोकुलगंगाका थप एक कोरोना संक्रमितलाई अस्पताल लगियो



२४ जेठ, रामेछाप ।
कोरोना संक्रमित भएका रामेछाप गोकुलगंगा गाउँपालिकाका थप एक जनालाई एम्बुलेन्स माफर्त जिल्ला अस्पताल रामेछाप पठाइएको छ । अझै बेतालीका एक जना भने फरार रहेका छन् । फरार व्यक्ति सम्पर्कको आएको अवस्थामा दुवै जनालाई एकैसाथ अस्पताल लैजाने तयारी गरेपनि हिजोदेखि फरार व्यक्ति अझै सम्पर्कमा आएका छैनन् ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले हिजो अस्पताल पठाउन बाँकी रहेका थप एक जना संक्रमितलाई अस्पताल पठाइएको जानकारी दिनुभयो । उहाँले फरार रहेका कोरोना संक्रमित व्यक्तिको खोजी कार्य जारी रहेको बताउनुभयो । फरार रहका संक्रमतिलाई स्थानीय र प्रहरीले खोजी गरिरहेको छ ।  हिजाे मात्र गाेकुलगंगा गाउँपालिकाका ११ जना काेराेना संक्रमित भएकाे पुस्टि भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्