रामेछापमा अब मास्क नलगाइ हिडनेलाई कारवाही हुने



२३ असार, रामेछाप ।
कोरोना भाइरसको संक्रमण बढिरहदा पनि नागरिकहरुबाट मास्क नलगाई हिडने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले अनिवार्य रुपमा माक्स लगाउन रामेछापवासीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले यदी मास्क नलगाई हिडनेमा कानुनी कारवाही हुने बारेमा सचेत गराएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना संक्रमणको दर बढदै जादा नागरिकहरुको बीचमा न्यूनतम सामाजिक दुरी कायम नगर्ने क्रम बढेकाले अनिवार्य मास्क लगाएर मात्र हिडन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अनावश्यक भिडभाड गर्ने सेवा प्रदायक र व्यवसायीहरुले न्युनतम सुरक्षा मापदण्ड पालना गर्नमा वेवास्था गर्ने प्रवृत्ति बढदै गएको छ ।’

प्रजिअ शर्माले सरकारबाट जारी जनस्वास्थ्य र सुरक्षाका मापदण्ड निर्णय प्रभावकारी कार्यान्वयन गर्न घर बाहिर निस्किदा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताउनुभयो । ‘मास्क नलगाई घरबाट निस्किएको पाइएमा कानुन अनुसार कारवाही हुन्छ’,उहाँले भन्नुभयो,‘मास्क नलगाई हिडनेलाई पक्राउ गर्न प्रहरी पक्राउ गर्छ ।’

प्रतिक्रिया दिनुहोस्