रामेछापकी चेली श्रेष्ठले जितिन ‘वाई वाई ग्लोकल टिन हिरो २०२०’ अवार्ड
१३ मंसिर, काठमाडौं ।
रामेछापकी चेली ‘वाई वाई ग्लोकल टिन हिरो २०२०’ को अवार्ड जित्न सफल भएकी छिन् । श्रेष्ठलाई वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको घोषणा गरेको हो । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीकी श्रेष्ठले कम उमेरमै सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरे बापत अवार्ड जित्न सफल भएकी हुन् ।
वीर हस्पिटल नर्सिङ क्याम्पस प्रमाणपत्र तह तेस्रो बर्षमा अध्ययन गर्दै आएकी श्रेष्ठ श्रेष्ठ विगत ९ बर्षदेखि स्वास्थ्य साथै बालबालिका र किशोरकिशोरीका हक अधिकारको अभियानकर्ताको रूपमा काम गर्दै आएकी छिन् । बालबालिका किशोरकिशोरी, युवा, महिला तथा तेस्रोलिङ्गी समुहहरुको हक हित र अधिकारको पक्षमा काम गर्दै आएकी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा समेत भाग लिएकी छिन् ।
सानै उमेरमा पढाइसँगै थुप्रै सामाजिक क्रियाकलापमा योगदान पुर्याउदै आएकी श्रेष्ठ क्रियाशिलता र समर्पणको कदर स्वरुप यस अघि टप छ परेको घोषणा गरेको थियो । आयोजकले ६०४बाट श्रेष्ठलाई यस बर्षको अवार्ड दिने घोषणा गरेको छ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करणका अवार्ड श्रेष्ठले जितेकी हुन् ।
यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । हालसम्म नेपालका ५ किशोर किशोरीले ग्लोकल टिन हिरो जितेका छन् ।
अवार्ड विजेता श्रेष्ठले आगामी दिनमा सामाजिक क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने हौसला मिलेको बताइन । उनले रामेछाप न्युजसँग भनिन–अवार्डको लागि साथ सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।’