आजबाट सांसद र मन्त्रीहरुले खोप लगाउदै



काठमाडौंं ।
आजबाट प्रतिनिधिसभा सांसद र मन्त्रीहरुलेरुपमा कोरोना भाइरसविद्धरुको खोप लगाउने भएका छन् । फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नु अघि सांसद र मन्त्रीहरुले अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाउनु पर्ने भएको हो । सांसदहरुलाई सिभिल अस्पतालमा फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानले बताए ।

प्रतिनिधिसभामा २७५ सदस्य रहेपनि हाल २६९ जना मात्र सांसद रहेका छन् । सभामुख सापकोटाको मतदानमा सहभागी नहुने र नेकपाका सासद सानु सिवाको मृत्यु भएको छ । त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका दुई जना र जनता समाजवादी पार्टीका दुई जना सांसद निलम्बिनमा परेका छन् ।

माघ १४ गतेबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको एक महिनापछि सांसदहरुले खोप लगाउने भएका छन् । नेपालमा हालसम्म ४ लाख २९ हजार जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । नागरिकहरुले कोरोना विरुद्धको खोप लगाइरहे पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु भने अझै कोरोना विरुद्धको खोप लगाएका छैनन् ।

यसअघि कोरोनाको कारण संसद बैठकमा प्रवेश गर्नको लागि संसद सचिवालयले सांसदहरुलेका अनिवार्य रुपमा पिसिआर परीक्षण गरेर मात्र प्रवेश गराएको थियो । यस पटक भने खोप लगाएर मात्र प्रवेश गर्न दिने प्रावधान बनाएको छ । संसद सचिवालयका अनुसार सांसद, संसद सचिवालयका कर्मचारी र मर्यादापालकको लागि खोप अनिवार्य रुपमा लगाउनु पर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्