गोकुलगंगा गाउँपालिकाका अध्यक्ष सुनुवार ओली समुहमा खुले
१९ फागुन, रामेछाप ।
नेकपा गोकुलगंगा गाउँ कमिटीका अध्यक्ष समेत रहेका गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार नेकपा ओली समुहमा खुलेका छन् ।
यसअघि पार्टी एकताको पक्षमा उभिदै आएका नेकपा रामेछापका जिल्ला कमिटीका सदस्य समेत रहेका सुनुवार अन्ततः ओली समुहमा खुलेका छन् । बुधवार नेकपा ओली समुहले गोकुलगंगा गाउँ कमिटीको बैठकको अध्यक्ष सुनुवारले गरेका छन् ।