अप्रिय भएपनि सर्वोच्चको फैसला मान्ने एमालेको निर्णय
काठमाडौं ।
नेकपा एमालेकाले सर्वोच्च अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भएपनि कार्यान्वयन गर्ने निर्णय गरेको छ । अदालतको फैसलापछि बसेको पार्टीको स्थायी कमिटीको बैठकले अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
एमालेले अदालतको फैसलाले ३२ बर्ष अघि समाप्त भएको निर्दलिय व्यवस्थालाई पुनः अहिले जसकेलाबाट छिराउने कुचेष्टा भएको निष्कर्ष निकालेको छ ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको आधारभूत संरचनालाई निकै खलबल्याउने काम गरेको बताए । उनले विधायीका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन र समन्वयले मात्र लोकतन्त्र दिगो हुने बताउदै अदालतको फैसलाले शक्ति सन्तुलनको पिलरलाइ निकै हल्लाइदिने बताए ।