रामेछापका डिएसपी ढुंगाना भन्छन–सार्वजनिक सवारीले बढी भाडा लिए प्रहरीलाई सम्पर्क गर्नुहोस



२४ असोज, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले दशैको बेलामा तोकिए भन्दा बढी भाडा लिएको पाइएमा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् । बढी भाडा लिने सवारी साधनमाथि प्रहरीले निगरानी बढाइरहेको बताउदै उनले बढी भाडा लिएको पाइएमा तत्काल प्रहरीलाई सूचना दिन आग्रह गरेका हुन् ।

उनले रामेछाप न्युजसँग भने,‘यात्रु नठगिउन भनेर प्रहरी सचेत छ, प्रहरीले आफ्नो काम गरिरहेको छ, यात्रुले बढी भाडा लिएको सूचना दिनुपर्छ, हामी नाम गोप्य नै राख्छौ, प्रहरी कार्यालयको नम्बर र मेरो मोबाइल नम्बर ९८५४०५५५५५ मा सिधै सम्पर्क गरेर पनि सूचना दिन सक्नुहुन्छ ।’ चाडपर्वमा ओभरलोडको कारण हुन सक्ने सम्भावित दुर्घटना हुन नदिने सवारी साधनको चेकजाँचलाई कडाई गरिएको बताउदै डिएसपी ढुंगानाले चालकहरुलाई समेत क्षमता भन्दा बढी यात्रु नबोक्न सम्झाइ बुझाई गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्