रामेछापको २४ मतदान स्थल अतिसंवेदनशिलकाे सूचिमा (नामसहित)



२२ वैशाख, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको ९२ मतदान स्थल मध्ये २४ वटालाई अतिसंवेदनशिल सूचिमा राखेको छ । विगतको अवस्था र अहिलेको अवस्थालाई मध्यनगर गरेर २४ मतदान स्थललाई अतिसंवेदनशिल भएको सूचिमा राखेको हो । निर्वाचनको मिति नजिकदै जाँदा मतदान स्थल र मतदान केन्द्रको सुरक्षाको विषयलाई लिएर जिल्ला सुरक्षा समितिले पनि चासो दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले विगत र हालको अवस्थालाई मध्येनजर गरेर मतदान स्थलको अवस्थाको बारेमा सुरक्षा रणनीति बनाइरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार ९२ मतदान स्थल मध्ये २४ अति संवेदशिल २७ संवेदशिल र ४१ सामान्यको सूचिमा राखिएको छ । रामेछापमा २२३ मतदान केन्द्रहरु रहेका छन् । प्रहरीले विगतमा चुनावको घटेको घटनालाई आधार बनाएर अतिसंवेदशिलको सूचिमा राखेको हो ।
प्रहरीका अनुसार मन्थली नगरपालिकाको वडा नम्बर ३, १०, १२, १३ र १४ लाई अतिवेदनशिलको सूचिमा राखेको छ । त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाको गौश्वरा, लखनपुर, डडुवा सुर्के, सुनापति गाउँपालिकाको डहु, गुन्सी दिमीपोखरी लगायतको मतदान स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको ८ वटा स्थानीय तह र ६४ वटामा गरी १ लाख ७८ हजार मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्