पाँच बर्ष राम्रो काम गरेको छौ, यस पटक पनि जनताले जिताउछनः सुनुवार



२२ वैशाख, रामेछाप ।
नेकपा एमाले गोकुलगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार खड्ग बहादुर सुनुवारले पाँच बर्ष राम्रो काम गरेकाले यस पटक पनि जनताले आफूहरुलाई निर्वाचित गराउने बताएका छन् । गत निर्वाचनमा गरेको प्रतिबद्धता पाँच बर्षको अवधिमा ९० प्रतिशत पुरा भएको बताउदै उनले गाउँपालिकालाई थप समृद्ध बनाउने अभियानमा पुनः निर्वाचित गराउने बताएका हुन् ।


गाउँपालिका–४ बेतालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार सुनुवारले पाँच बर्षमा गाउँपालिकामा लक्ष्य भन्दा धेरै काम गर्न सफल भएको बताउदै अबको पाँच बर्षमा पालिकालाई आर्थिक हिसाबमा समृद्ध बनाउने दावी गरे ।’

‘मलाई पार्टीले काम गरैकै आधारमा पुनः अध्यक्षको उम्मेदवार बनाएको छ, जनताले विश्वास गरेका छन, चुनावी जित्नेमा कुनै शंका छैन, कामको आधारमा जनतालाई हामीलाई भोट दिन्छन’, उनले भने,‘काम गरेकै कारण चुनावी जित्नेमा ढुक्क छौं ।’
चुनावी कार्यक्रममा बागमती प्रदेशका सांसद शान्ति पौडेल, एमाले रामेछापका उपसचिव एवं प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्की लगायतको सहभागीता रहेको थियो ।
गोकुलगंगा गाउँपालिकामा एमालेले गत स्थानीय तहको निर्वाचित अध्यक्ष सुनुवार र उपाध्यक्ष राधिका श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्