सुनापति गाउँपालिकामा यस पटक एमालेले जित्ने आधार बनेको छः कार्की



२२ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापका नेता दिपेन्द्र कुमार कार्कीले यस पटकको निर्वाचनमा सुनापति गाउँपालिमा पार्टीले चुनाव जित्ने आधार खडा भएको बताएका छन् । गत निर्वाचनको तुलनामा यस पटक पार्टीको सांगठानिक अवस्था निकै मजबुद्ध भएको बताउदै जित्ने आधार खडा भएको बताएका हुन् ।

उनले भने,‘हामी विगतमा तेस्रो पार्टी थियो, अहिले चुनाव जितेर पहिलो हुने अभियानमा छौं ।’ एमालेप्रति जनताको विश्वास र आश रहेको बताउदै कार्कीले गाउँपालिकालाई समृद्ध बनाउन पनि पार्टीले जित्नु पर्नेमा जोड दिए । गाउँपालिकाको विकास गर्ने र समृद्ध सुनापति गाउँपालिका बनाउन एमालेले जित्न जरुरी छ, पालिकालाई विकसित बनाउने एमालेसँग छ, उनले भने । कृषि, पर्यटन नै विकासको आधार भएको बताउदै कार्कीले एमालेको नेतृत्वमा मात्र यी काम सम्पन्न गर्न सकिने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्