मतदाताको घर घरमै पुगेर मत माग्दै अध्यक्षका उम्मेदवार श्रेष्ठ



२२ वैशाख, रामेछाप ।
नेकपा एमाले खाँडादेवी गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठ उपाध्यक्ष रमा घिसिङसहितको टोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूहरुलाई मत दिन घरघरमै पुगेर मत मागेका छन् । चुनावी अभियान अन्तर्गत वडा वडाम मत हाल्ने तरिकादेखि मत दिनसमेत मतदातासँग आग्रह गरेका छन् ।

घरघरमा पुगेर चुनावमा आफूहरुले गरेको प्रतिबद्धता अनुसार पाँच बर्ष काम गर्ने बताउदै अध्यक्षका उम्मेदवार श्रेष्ठले मतदाताहरुलाई आफूहरुलाई मतदान गरेर जिताएको अवस्थामा खाँडादेवीलाई समृद्ध बनाउने सपना पूरा गर्ने बताए । आज अध्यक्ष उपाध्यक्षसहितकोको टोलीले पालिकाको पकरवासका मतदातासँग भोट मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्