आइतवार विदा दिने निर्णय खारेज गर्ने सरकारको निर्णय



२३ जेठ, रामेछाप ।
साताको दुई दिन विदा दिदा सर्वसाधारणले थप सास्ती खेप्नु पर्ने अवस्था सृजना भएपछि सरकारले सरकारले आइतबार बिदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतवार विदा दिने निर्णय निर्णय आगामी असार १ गतेदेखि लागू हुने बताइन ।

वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्