रामेछापको खिम्तीमा आज पनि सवारी दुर्घटना



२३ जेठ, रामेछाप ।
रामेछापमा पनि आज पनि सवारी दुर्घटना भएको छ । लिखुतामाकोसी गाउँपालिका–६ खिम्तीस्थिति खिम्तीबाट मन्थली तर्फ आउदै गरेको प्रदेश २–०३–००१ त २९८४ नम्बरको ट्याक्टर र सोही दिशा तर्फ आउदै गरेको बा ९० प ८०७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक रामेछाप नगरपलिका–८का ४८ बर्षका शेर बहादुर थापा र उनकी श्रीमती बर्ष ४१ की निरु थापाको घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले घाइते दुवै जनाको धुलिखेल शाखा अस्पताल किर्नेटार दोलखामा पठाएइएको बताएको छ ।
आइतवार दिउसो रामेछापको उमाकुण्ड गाउँपालिकाको फिटान जंगलमा बलेरो गाडी दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्