युवा संघ बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका गुरुङ निर्वाचित



२४ भदौ, काठमाडौं ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट जय गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । रामेछाप गोकुलगंगा गाउँपालिका निवासी गुरुङ बागमती प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् । भक्तपुरमा सम्पन्न अधिवेशनले पदाधिकारी र केन्द्रीय कमिटीको सदस्यहरु पनि चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा दिलिप पौडेल,सचिबमा राजु तिवारी,सह–सचिबद्धयमा माधव शेरपाली, राजेश खड्का र कोषाध्यक्षमा नरेन्द्र भण्डारी निर्वाचित भएका हुन् । अधिवेशनले ९७ सदस्यीय प्रदेश कमिटीको पनि घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्