रामेछापमा गठबन्धनका उम्मेदवारलाई बागी मिलाउनै मुस्किल



२४ असोज, रामेछाप ।
रामेछापमा सत्ता गठबन्धनका साझा उम्मेदवारको विरुद्ध गठबन्धनमा आबद्ध दलका नेताहरुले बागी उम्मेदवारी दर्ता गराएका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउदै आफ्नै पार्टीका उम्मेदवारको विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ र प्रदेश क मा माओवादी केन्द्रका उम्मेदवार तारानाराण श्रेष्ठको विरुद्ध रविन्द्र पौडेल र प्रदेश ख मा युवराज चौलागाईको विरुद्ध, माओवादीकै नेता डिल्लीमान तामाङले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका कान्छारामको विरुद्ध परेको बागीको व्यवथापन गर्ने गरी कांग्रेसका नेताहरु लागेका छन् । कांग्रेसका नेताहरुले पर्सीसम्ममा उनको विरुद्ध परेको बागी उम्मेदवारी फिर्ता हुने दावी गरेका छन् । तर माओवादीका उम्मेदवारको विरुद्ध परेको बागी उम्मेदवारहरुले पनि सहजै उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । डिल्लीमान तामाङ र रविन्द्र पौडेलले सहज रुपमा उम्मेदवारी फिर्ता नलिन अडान लिएपछि माओवादीभित्रको आन्तरिक विवाद झन झर्कदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्