रामेछापको धारापानीमा बाख्रा खान पसेको चितुवालाई थुनिदिएपछि…….



५ माघ, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुमको धारापानीमा बाख्रा खाने चितुवालाई स्थानीयले ठोठभित्र थुनिदिएका छन् । धारापानीका प्रेम बहादुर श्रेष्ठको गोठमा पसेर गत राती चितुवाले बाख्रा मार्न थालेको थाहा पाएपछि श्रेष्ठले बाहिरबाट ढोकाको चुक्कुल लगाइदिएपछि चितुवा थुनिएको हो ।


खाडाँदेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले बाख्रा खान गोठभित्र पसेको चितुवालाई घरधनी प्रेम बहादुर श्रेष्ठले थुनिदिएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका भन्नुभयो,‘गोठभित्र थुनिएको चितुवा अझै पनि गोठभित्र नै छ, चितुवा बाहिर निकाल्नको लागि वन कार्यालायका कर्मचारी धारापानीमा आउदै छन ।’

शुक्रबार राती गोठमा आवाज सुनेपछि हेर्न जाँदा चितुवाको आक्रमणमबाट घरमूली श्रेष्ठ सामान्य घाइने भएका छन् । वडा कार्यालयले चितुवा थुनिएपछि प्रहरी कार्यालयलाई जानकारी गराएको थियो । वडा अध्यक्ष श्रेष्ठले गोठभित्र तीन वटा बाख्रा मारेको छ भने गोठमा ९ वटा बाख्रा र एक हल गोरु समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्