सैलुङमा सीमा विवाद समाधान गर्न दुई गाउँपालिकाका जनप्रतिनिधि जुटे
नारायण श्रेष्ठ
१० माघ, रामेछाप । रामेछाप र दोलखाको सीमा सैलुङमा देखिएको सीमा विवाद मिलाउन दुई गाउँपालिकाका जनप्रतिनिधि जुटेका छन् । सीमा विवाद गाउँपालिकाबाटै समाधान गर्न रामेछापको दोरम्बा गाउँपालिका र दोलखाको सैलुङ गाउँपालिकाका जनप्रतिनिधिहरुले छलफल थालेका हुन् ।
धार्मिक ऐतिहासिक र सांस्कृतिस्थल सैलुङ रामेछाप र दोलखाको सीमा हो ।
पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाएको सैलुङमा आन्तरिक एवं बाह्य पर्यटकको संख्या बढदै गएपछि सैलुङमा दुई जिल्लाको सीमा कहाँ कति भन्ने विषयमा बहस सुरु भएको छ ।
सैलुङ गाउँपालिकाले सैलुङको धेरै भू–भाग आफ्नो गाउँपालिकाभित्र पर्ने दावी गर्दै योजना अघि सारेपछि दोरम्बा गाउँपालिकाले चासो देखाउदै दुइपक्षिय छलफल अगाडि बढाएको छ । सैलुङ गाउँपालिकाका अध्यक्ष र दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान सहतिको टोलीले सैलुङको खोलार्कमा बैठक बसी सीमानाको विषयमा छलफल गरेको छ ।
सैलुङको विकासमा सक्रिय रहदै आएका युवाहरुको पहलमा भएको बैठकमा दुवै गाउँपालिकाका अध्यक्षहरुले सैलुङको विकासमा विवाद नहुने गरी समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् । यस आर्थिक बर्षमा ३ नम्बर प्रदेश सरकारबाट सैलुङ क्षेत्र विकासको लागि विनियोजन गरेको बजेट कसले खर्च गर्ने भन्ने अन्यौल रहेको छ । सैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाले सैलुङ गाउँपालिका क्षेत्रमा पर्ने कालापानीमा गोलघर निर्माण गर्ने बताए ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले सैलुङ साझा भएका र सो क्षेत्रको विकासको निम्ति प्रदेश सरकारले विनियोजन गरेको बजेट पनि साझा विषय हुने गरी खर्च गर्नुपर्ने बताउदै भने,‘साझा धारणा बनाएर अगाडि बढौ, सहमति कायमै गरेर आधा–अधा बाडेर विकास र्मिाणको काममा खर्च गर्नुपर्छ ।’ उनले तत्काल सीमा विशेषज्ञ सहितको कार्यदल गठन गरी सीमाकंन छुटयाउनु पर्नेमा जोड दिए ।
छलफलमा दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेल, दोरम्बा गाउँपालिका–२ का वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठ,दोरम्बा गाउँपालिका–४ का वडा अध्यक्ष चन्द्रबहादुर थापा मगरले सैलुङको सीमाको बारेमा विवाद नगरी साझा धारणा बनाएर अगाडि बढनु पर्नेमा जोड दिएका छन् ।
बैठकमा दोरम्बा गाउँपालिकाले यस आर्थिक बर्षमा सैलुङलमा पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले सैलुङ महोत्सव सफल बनाउन दोलखाको सैलुङ गाउँपालिकालाई पनि सकारात्मक ढंगेले सहयोग गर्न आग्रह गरेको छ । दोरम्बा गाउँपालिकाका अध्यक्ष मोक्तानले सैलुङ महोत्सव सफल बनाउनको लािग सैलुङ गाउँपालिका पनि साझेदारी गर्नुपर्ने आग्रह गरे । सैलुङ क्षेत्रको विकास गर्न ३ नम्बर प्रदेश सरकारबाट यस आर्थिक बर्षको लागि १ करोड ( बहुबर्षिय) बगैचा, शौचालय, गोलघर निर्माणको लागि बजेट विनियोजन गरिएको छ ।