रामेछापको थप दुई सडक कालोपत्रे गर्ने मन्त्री ढुंगेलको प्रतिबद्धता



११ फागुन, रामेछाप ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास निर्माणको लागि प्रतिबद्ध भएर लागेको बताएका छन् । उनले तीन नम्बर प्रदेशलाई समृद्ध बनाउन आफूहरु लागि परेको बताउदै समृद्ध रामेछापको सपनालाई साकार पार्ने बताएका हुन् । मन्त्री ढुंगेलले निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार नै अगाडि बढेको बताए ।


रामेछाप नगरपालिकाको च्यास्कुमा रहेको जनकल्याण माविकाको ६० औ हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले रामेछाप नगरपालिकाभित्रको दुई वटा सडक कालोपत्रे गर्न डिपिआर तयार पारेर ल्याए आगामी बर्षको बजेटमा कालोपत्रेको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने,‘समयमा नै रामेछाप नगरपालिकाले डिपिआरको काम सम्पन्न गरेर पेश गरेको अवस्थामा अर्को बर्षबाट कालोपत्रेको काम अगाडि बढछ ।’ जिल्लाको रणनैतिक सडकको पहिचान गरी चार वटा सडकको कालोपत्रे अगाडि बढाइएको बताउदै आगामी दिनमा प्राथमिकताको आधारमा सडक छनोट गरेर कालोपत्रेको काम अगाडि बढाइने बताए ।
मन्त्री ढुंगेलले रामेछाप, च्यास्कु रामपुर जाने सडक र चापबोट भालुखोप ओख्रनी कुशवेरी सडकको डिपिआर रामेछाप नगरपालिकाले तत्काल तयार गरे छिटो प्रक्रियामा अगाडि बढने बताए ।
फरक प्रसंगमा उनले जनकल्याण मावि विद्यालयको भवन भारतीय दुतावासले नबनाउने हो भने प्रदेश सरकारले निर्माणको काम अगाडि बढाउन प्रक्रिया अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्