धेरै कोशिस गरियो महतलाई बचाउन सकिएनः प्रअ लामा
४ चैत्र, रामेछाप ।
फागुन २१ गते राती शौचालय जाने क्रममा बाटोमा बेहोस अवस्थामा भेटिएका शिक्षक मोहन महतको निधन भएपछि डहु माविमा शोकाकुल भएको छ । महतको निधनको खबरले विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक शोकमा डुबेका छन् ।
बझाङ जिल्ला घर भई २०७२ सालदेखि डहु माविमा अध्यापन गर्दै आएका महत शिक्षक, विद्यार्थीको बीचमा निकै लोकप्रिय थिए ।
डहु माविका प्रअ दल बहादुर लामाले शिक्षक महतलाई बचाउन गरेको कोशिस असफल भएको बताए । महतको निधनको खबरले स्तब्ध बनाएको बताउदै प्रअ लामाले रामेछाप न्युजसँग भने,‘महतको निधनले विद्यालयलाई ठूलो क्षति पुर्याएको छ, घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेका छ ।’
घाइते भएका महतको उपचारमा पाँच लाख खर्च भएको उल्लेख गर्दै प्रअ लामाले चाहदा चाहदै पनि बचाउन नसकेकोप्रति निकै दुःख लागेको बताए ।

