गौरीशंकर मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा घिमिरे



२३ चैत्र, काठमाडौं ।
रामेछाप जिल्लाको गौरीशंकर मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा राजन प्रसाद घिमिरे निर्वाचित भएका छन् । काठमाडौंमा आज सम्पन्न पाँचौ साधारण सभाबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
साधारण सभाले एघार सस्यीय कार्यसमिति सदस्य पनि चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा तिर्थराज घिमिरे, सचिवमा अनिल श्रेष्ठ लेकाली, कोषाध्यक्षमा कृष्णमुरारी घिमिरे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अर्जुन खड्का, महेश्वर घिमिरे, नविन श्रेष्ठ, गोविन्द सुवेदी, राधा श्रेष्ठ सरस्स्वती श्रेष्ठ र लक्ष्मी बुढाथोकी रहेका छन् ।

२०६२ सालमा स्थानपना भएको पूर्व विद्यार्थी समाजले विद्यालयको लागि सहयोग गर्दै आएको छ । समाजले बार्षिक रुपमा एक जना छात्र र एक जना छात्रालाई ६/६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको समाजका सचिव अनिल श्रेष्ठ लेकालीले बताए । त्यसैगरी विद्यालयका पूर्व विद्यार्थी रहेको डिएसपी अर्जुन खड्काले विगत दुइ बषदेखि बार्षिक रुपमा एक जना विद्यार्थीलाई ६ हजार रूपैयाँ छात्रवृत्ति प्रदान गदै अाएका छन् ।

समाजमा हाल १ सय ८७ जना आजिवन सदस्य रहेका छन् । आजिवन सदस्यहरुबाट समाजले पाँच हजार रुपैयाँ लिने गरेको छ । गठन भएको दुई बर्ष सक्रिय भएपनि बीचमा निस्क्रिय बनेको समाजलाई गौरीशंर माविका पूर्व विद्यार्थी राजन प्रसाद घिमिरको पुनः सक्रिय बनाएका थिए ।

समाजले विद्यालय परिसरभित्र स्वर्णजन्तीको स्मरण हुने गरी गेट निर्माण गर्ने कार्यमा पनि आर्थिक संकलन गर्ने कार्यमा जुटेको छ । नौ लाख आर्थिक संकलन गरेर विद्यालयलाई हस्तान्तरण गर्ने सचिव श्रेष्ठले जानकारी दिए । २०२० सालमा स्थापना भएको गौरीशंकर माविमा अध्ययन गर्ने विद्यार्थीहरु राज्यको उच्च तहमा समेत पुग्न सफल भएका छन् । समाजले ६ लाखको अक्षयकोष स्थापना गरेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आएको सचिव श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्