रामेछापका कलाकार नेपालीले जिते उपाधि



१४ वैशाक, काठमाडौंं ।

ईमेज लोककलाकार सिजन–दुईको उपाधि रामेछापका आरके नेपालीले जितेका छन् । राजधानी काठमाडौंमा सम्पन्न ग्राण्ड फिनालेमा नेपालीले उपाधी विजेता बनेका हुन् । उनले डेढ लाख रुपैयाँ जितेका छन् । यस्तै पब्लिक च्वाई तर्फको अवार्ड भने शितल गुरुङले जितेका छन् ।

देशका विभिन्न स्थानमा गरिएको अडिसन राउण्डमा एक हजार बढी कलाकार सहभागी भएकोमा विभिन्न चरण पार गर्दै पछिल्लो आठ महिनाको अवधिमा फाइनल राउण्ड पार गरी टप टेन हुदै पाँच जना प्रतियोगीबाट विजेता छनौट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्