राजश्व संकलनमा सुझाव दिन सुनापती गाउँपालिकाको आग्रह
२२ वैशाक, रामेछाप ।
सुनापती गाउँपालिकाले निर्धारण गरेको राजश्वप्रति कुनै गुनासो भए लिखित रुपमा सुझाव दिन नागरिकहरुलाई आग्रह गरेको छ । प्रचलिकत कानुन तथा गाउँसभाबाट जारी आर्थिक ऐन बमोजिम चालु आर्थिक बर्षमा राजश्वका दररेट निर्धारणप्रति केही गुनासा आएपछि गाउँपालिकाले नागरिकरुसँग सुझाव मागेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाद्धारा जारी गरिएको सूचनामा राजश्व संकलन तथा परिचालनमा तय गरिएको दररेटमा केही गुनासो र सुझाव भए १५ दिनभित्र सुझाव दिन आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, आगामी आर्थिक बर्षको लागि राजश्व संकलन, प्रक्रियालाई वैज्ञानिक र सरलीकृत बनाउने सन्दर्भमा आर्थिक बर्ष ०७६।०७७ को राजश्व परिचालन, संकलन, दररेट तथा राजश्व प्रशासनलाई कसरी प्रभावकारी वडा कार्यालय, गाउँपालिकाको कार्यालय, गाउँपालिकाको राजश्व शाखाको साथै गाउँपालिकाको इमेलमा पनि लिखित रुपमा सुझाव दिन सकिनेछ ।

