वडा अध्यक्षको आक्रोशः मन्थली नगरपालिकाका नगर प्रमुख बस्नेतको टाउको फुटयो



२ असार, रामेछाप ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतमाथि हातपात भएको छ । नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष रामबहादुर कार्कीले हातपात गर्न खोज्दा नगर प्रमुख वस्नेतको टाउकोमा चोट लागेको हो ।

कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन नभएको विषयलाई लिएर विवाद सुरु भएको थियो । वडा अध्यक्ष कार्की र प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मीबीच भनाभन चर्किदै गएपछि कार्कीले कुर्सी, चियाको गिलास र पानीको बोलत प्रहार गरेका थिए । आइतवार नगर कार्यपालिका बैठक चलि रहेको बेला भनाभनले चर्को रुप लिएपछि विवाद नगर्न आग्रह गर्दा नगर प्रमुख बस्नेत घाइते भएका हुन् ।

घटनाको बारेमा मन्थली नगरपालिकाले आज गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख बस्नेतले काम नै नगरेका पुराना योजनको रकम भुक्तानी हुनु पर्ने माग उठाउँदै वडा अध्यक्ष रामबहादुर कार्की, र अर्का वडाअध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालका सदस्य उद्धव रम्तेल लगायतले कुर्सी, नेमप्लेट, चियाको ग्लास, पानीका बोतल लगायतले आक्रमण गर्दा आफ्नो टाउकोमा चोट लागि रगत बगेको जानकारी दिए ।

घटनाको बारेमा नगर प्रमुख वस्नेत र प्रशासकीय अधिकृत रेग्मीले विज्ञप्ती नै जारी गरेर घटनाको बारेमा जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा नगर प्रमुख वस्नेतले कसैले धम्याउने, आक्रमण गर्ने कार्यले आफू थोरै पनि विचलित नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्