विद्यालयमा नयाँ प्रयोगः गाउँदै नाच्दै विद्यार्थी पढाइदै



२४ भदौ, रामेछाप ।
केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकन सिजन २ को टाइटल बिशाल माझी, बबिता बिक र सुस्मिता थापामगरले जितेका छन् । केब्स स्कूल मन्थलीले आयोजना गरेको गायन तथा नृत्य प्रतियोगितामा केब्स सिङ्गिङ आइकन सिजन २ को उपाधि बिशाल माझीले जितेका हुन् भने सिनियर डान्सिङ आइकनको उपाधी बबिता बिक र जुनियर डान्सिङ आइकनको उपाधी सुस्मिता थापामगरले हात पारेका ुहन् । त्यसैगरी सिङ्गिङको फस्ट रनरअप प्रचना सुनुवार, सिनियर डान्सिङको फस्ट रनरअप देवीका तामाङ र जुनियर डान्सिङको फस्ट रनरअप कट्रिना बोहोरा भएका थिए ।

गत साउनमा भएको अडिसन राउण्डमा हरेक बिधामा सहभागी ४०/४० जना विद्यार्थीहरु बीच प्रतिस्पर्धा भई थप दुई ओटा राउण्ड पार गरी फाइलनमा ६/६ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । केब्स स्कूलले सबै प्रकारका क्षमता भएका बालबालिकाहरुलाई विविध कार्यक्रम तथा प्रतियोगिताहरु आयोजना गरी सर्वाङ्गिण विकास हुने समान अवसर प्रदान गरेको स्कूल प्रिन्सिपल केशव तिमल्सिनाले बताए ।


विद्यालयका शिक्षक राजेन्द्र निरौलाले बालबालिकाहरुलाई हरेक दिनको पढाइलेखाइको बोझबाट हुने नैरास्यता मेटाउन बेलाबेलामा सिर्जनात्मक खालको मनोरञ्जन पनि दिनुपर्ने बताए । गत वर्ष यसै समयमा भएको केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकन सिजन १ मा गायन तर्फ जनता टिभिको लैबरी सिङ्गिङ स्टारको फाइनलिस्ट समेत बनेका छात्र लच्चीत नेपालीले जितेका थिए भने सिनियर र जुनियर डान्सिङ आइकनमा क्रमशः रुपा माझी र तप्शिला माझी विजेता बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्