सामुदायिक विद्यालयभित्र शिक्षाको गुणस्तर सुधार गर्ने अभियान छौंः अध्यक्ष तामाङ



३१ भदौ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने अभियानमा लागि परेको बताए । उनले सामुदायिक विद्यालयहरुप्रति विद्यार्थीहरुको आकर्षण बढाउनको लागि प्रविधिको प्रयोगसँगै लगानी पनि बढाएको बताएका हुन् । अध्यक्ष तामाङ भने,‘शिक्षाको गणस्तर उकास्नको लागि गाउँपालिकाले बजेटको अभाव हुन दिदैनन, तर विद्यालयहरुले परिणाम दिने गरी काम गर्नुपर्छ ।’

सामुदायिक विद्यालयको गुणस्तर उकास्नको लागि गाउँपालिका, विद्यालय व्यवस्थापन समितिका र प्रअहरुबीच गत फागुनमा २५ बुँदे सम्झौता भएको स्मरण गर्दै उनले सबै विद्यालयहरुले गुणस्तर सुधार गर्नको लागि प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।
सम्झौता भएपछि विद्यालयहरुले विस्तारै परिणाम दिने क्रम सुरु भएको बताउदै प्रभावकारी नतिजाको अपेक्षा गाउँपालिकाले गरेको छ, पठानपाठनको लागि आवश्यक स्रोत र साधन उपलब्ध गराउन बजेटको अभाव हुन दिइने छैन, उनले भने ।

खाँडादेवी गाउँपालिकास्थित कृष्ण मावि टिममा सञ्चालनमा आएको स्मार्ट लाइब्रेरीको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले शिक्षाको गुणस्तर सुधार गर्नुको अर्को विकल्प नभएको बताए । उनले गाउँपालिकाभित्र नयाँ प्रविधि अनुसार पठनपाठन गर्ने क्रम सुरु भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्