सभाभुख महराले दिए पदबाट राजिनामा



१४ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।

उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् । तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् ।

यसअघि सत्तारुढ नेकपाले सभामुख र प्रतिनिधिसभा सदस्य संसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको थियो । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्