बिपि राजमार्गमा रोकिएका यातायात रामेछाप हुँदै आवतजावत गर्न थाले



९ फागुन, रामेछाप ।
बिपि राजमार्गमा पहिरो गएपछि रोकिएका यातायात रामेछापको बैकल्पिक सडक हुँदै आवत जावत गर्न थालेका छन् । पूर्व एवं तराईका जिल्लाहरुबाट आउने सवारी साधान खुर्कोट मन्थली हुँदै सित्खा चल्न थालेका छन् । जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक राजकुमार थापाले बिपि राजमार्ग हुँदै आवत जावत गर्ने थालेको बताए । उनले रामेछाप न्युजसँग भने,‘बिहानबाटै टाटासुमो र हायस गाडीहरु मन्थली हुँदै आएका छन ।’ उनलका अनुसार टाटासुमो मन्थली हुँद सित्खाबाट पुनः बिपी राजमार्ग हुँदै गएका छन भने ठूला गाडी र हायस गाडी भने दोलखा हुँदै काठमाडौं गएका छन् । बिपि राजमार्ग हुँदै तराई र पूर्वबाट आउने यातायात छोटो दुरीमा पर्ने कारणले पनि अधिकाशं साना सवारी साधन गुडने गर्छन ।

यस्तो छ रामेछापको बैकल्पिक सडक 
–बिहानदेखि नै मन्थली बजारमा यातायातको चाप बढ्यो ।
–खुर्कोटबाट मन्थली १५ किलोमिटर ।
–खुुर्कोट मन्थली हुँदै बिपी राजमार्ग जोडने सित्खासम्मसम्म ४० किलोमिटर ।
–टाटासुमो र मोटरसाइल सित्खाबाट गुडन थाले ।
–खुर्कोट–मन्थली–दोलखा–काठमाडौ २ सय ३० किलोमिटर ।
–मन्थली–पकरवास, हुँदै सित्खा २५ किलोमिटर कच्ची सडक ।

प्रतिक्रिया दिनुहोस्