यौन दुव्र्यवहारकाे आरोपमा मन्थलीका दाहाल पक्राउ



२८ पुस, रामेछाप ।
यौन दुव्र्यवहारको आरोपमा रामेछापको मन्थली नगरपालिका–१ का करिब ५५ बर्षका  केदार प्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको छ । मन्थली नगरपालिकै एक किशोरीमाथि यौन दुव्यवहार गरेको आरोपमा दाहाललाई आज पक्राउ गरिएको हो ।
पीडित महिलाले आफूमाथि दाहालले यौन दुव्र्यवहार गरेको मौखिक उजुरी दिए लगत्तै मन्थलीमा लेखापढी गर्दै आएका दाहाललाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँका अनुसार पीडक दाहाल र पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । पीडित महिलाले दिने किटानी जाहेरी र स्वास्थ्य परीक्षणको रिपोर्टको आधारमा अनुसन्धान प्रक्रिया थप अगाडि बढाउने पाठकले जानकारी दिनुभयो । पीडित महिलाले दाहालले कोठामा बोलाएर यौन दुव्यवहार गरेको भन्दै प्रहरीलाई मौखिक उजुरी दिएका थिइन ।

प्रतिक्रिया दिनुहोस्