स्थानीय तहको सक्रियताः रामेछापमा ९९ वटा क्वारेन्टाइन तयार



स्नेहा सिलवाल
१५ चैत्र, काठमाडौं । रामेछाप जिल्लाभित्र विश्वाव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि स्थानीय तहले सक्रियता बढाएका छन् । रामेछापको आठ वटै स्थानीय तहले स्वास्थ्य संस्था र पूर्वाधार सम्पन्न विद्यालयमा क्वारेन्टाइन स्थापना गरेका हुन् ।
रामेछाप नगरपालिकामा १० वटा, दोरम्बा गाउँपालिकामा ५ वटा, सुनापती ४ वटा, उमाकुण्ड गाउँपालिकामा २५ वटा, खाँडादेवीमा ५ वटा, गोकुलगंगामा १५ वटा, लिखु तामाकासी गाउँपालिका १६ वटा र मन्थली नगरपालिकाभित्र २० वटा क्वारेन्टाइन तयार भइ आवश्यकताको आधारमा सञ्चालनमा आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

रामेछाप जिल्लामा विभिन्न देशबाट आएका ४२ जना नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहले नै व्यवस्थापनको काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्