लकडाउन थप सात दिन थप्ने सरकारको तयारी, मन्त्रीपरिषद्को बैठक बस्दै



२२ चैत्र, काठमाडौं ।
नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या नौ जना पुगेसँगै सरकारले थप सात दिन लकडाउनको घोषणा गर्ने तयारी गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा लकडाउनको म्याद थप सात दिन थप्न लागिएको हो । दोस्रो पटक थपिएको लकडाउन चैत्र २५ गते थपिदैछ ।

यसअघि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । एक मन्त्रीका अनुसार आज थप तीन जनामा संक्रमण देखिएसँगै एक साता बढाउने निर्णय हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्